एमबाप्पे भन्छन्, 'रियाल म्याड्रिड बालोन डि’ओरको मेसिन हो'

काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले स्पेनिस क्लब रियाल म्याड्रिड बालोन डि’ओरको मेसिन रहेको बताएका छन्।

यसवर्षको बालोन डि’ओरको शीर्ष ३० को मनोनयनमा परेका एमबाप्पेले यसपाली आफ्नो फ्रान्सेल सहयात्री करिम बेन्जेमाले अवार्ड जित्न सक्ने समेत बताएका छन्। 'बेन्जेमाले यसपालीको बालोन डि’ओर जित्ने सम्भावना छ। म उनीलाई नै रोज्नेछु,' एमबाप्पेले भने, 'मेरो शीर्ष ३ म, बेन्जेमा र साडियो माने हो। बेन्जेमाले ३४ वर्षको उमेरमा पनि गज्जवको प्रदर्शन गरेका छन्। उनी च्याम्पियन्स लिगको हरेक खेलमा निर्णायक बनेका छन्। यदि बेन्जेमाले यसपटक बालोन डि’ओर जित्न सकेन भने म यो अवार्डको कहिल्यै पनि विश्वास गर्दिन।'

एमबाप्पेले रियाल म्याड्रिडका थप्रै खेलाडीले यो अवार्ड जितेको भन्ने पनि बताएका छन्। 'रियाल म्याड्रिड बालोन डि’ओरको मेसिन हो, तपाईले यसलाई स्वीकार गर्नुपर्छ,' एमबाप्पेले भने।

एमबाप्पेले आफू पनि कुनै दिन यो अवार्ड जित्न सक्ने समेत बताएका छन्। 'म आफ्नो ठाउँमा रहनुपर्छ, तर म विश्वस्त छु कि एक दिन म पिएसजीमा हुँदा बालोन डि’ओर जित्न सक्छु,' एमबाप्पेले भने, 'सबैको लक्ष्य क्लबबाट धेरैभन्दा धेरै उपाधि जित्ने नै हो। त्यसपछि मात्रै व्यक्तिगत विधामा ध्यान जान्छ। हाम्रो ध्यान अहिले नै बालोन डि’ओरमा छैन। हामी अहिले टिममै केन्द्रित छौं तपाई इमान्दार हुनुहुन्छ भने यसले पनि फरक पार्नेछ।'

'पहिले शीर्ष शीर्ष १० मा पुगिरहेको हुन्थे। अहिले शीर्ष ४ वा ५ मा परेको छु। यसमा खुसी छु,'२३ वर्षीय एमबाप्पेले थपे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×