इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम । इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् ।

सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका छन् । उनी सुहाङ भन्दा ५,८३० मतले पछि परे । त्यस्तै , स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४५७ मत प्राप्त गरेका छन् । उनी तेस्रोमा बने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×