‘नो टाइम टु डाइ’ अब अमेजन प्राइम भिडियोमा

काठमाडौँ। हलिउड चलचित्र जेम्स बोन्डको फ्रेन्चाइजी चलचित्र ‘नो टाइम टु डाइ’ अघिल्लो वर्ष प्रदर्शनमा आएको थियो। अब यो चलचित्र ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा पनि हेर्न पाइने भएको छ। चलचित्र मार्च ४ देखि अमेजनमा उपलब्ध हुनेछ।

चलचित्र हिन्दी, अङ्ग्रेजी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा उपलब्ध हुनेछ।

जेम्स बाेन्ड फ्रेन्चाइजीको २५ औँ चलचित्र र डेनियल क्रेगको अन्तिम बन्ड चलचित्र ‘नो टाइम टु डाइ’ २०२१ को सफल  चलचित्रहरूमध्ये एक हो। चलचित्रले करिब ७७० मिलियन अमेरिकी डलरभन्दा बढीको कमाइ गरेको थियो। यो चलचित्र क्रेगकाे पाँचाैँ बाेन्ड चलचित्र हाे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×