चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ। उहाँहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ। प्राप्त समाचार अनुसार उनीहरुका बीचमा द्धिपक्षीय हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो। उनीहरुले पछिल्लो समयमा रुस र युक्रेनका बीचको द्धन्द्धको बारेमा पनि कुराकानी गरेका थिए।

सो समाचार समितिले पछिल्लो समयमा युक्रेनमा विकसित भएको परिस्थितिका विषयमा उनीहरुका बीचमा कुराकानी भएको जनाएको छ। त्यस्तै त्यस वार्ताका क्रममा स्पेनका विदेशमन्त्री मानुअलले हालैमात्र चीनले सफलतापूर्वक बेइजिङ विन्टर ओलम्पिकको आयोजना गरेकोमा पनि चीन सरकारलाई बधाई दिएको बताइएको छ।

उनीहरुबीचको सो वार्ताका क्रममा चीन र स्पेनले पनि रुस र युक्रेनलाई तत्कालै युद्ध विराम गरेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्ने सहमति भएको थियो। रुसले युक्रेनमा गएको करिब तीन हप्तादेखि आक्रमण गरिरहेको छ। यी दुई देशबीचमा पटक पटक वार्ता भए पनि समस्या समाधानको मार्ग भने पहिचान हुन सकेको छैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×