वेस्ट इन्डिजविरुद्धको सिरिज बंगलादेशलाई

काठमाडौँ - वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ। बुधबार राति भएको तेस्रो एकदिवसीयमा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै बंगलादेशले सिरिज जितेको हो।

प्रोभिडेन्स स्टेडियममा वेस्ट इन्डिजले दिएको १०९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको गुमाएर पूरा गरेको हो। बंगलादेशका लागि कप्तान तमिम ईकवालले अविजित रहदै ५० रनको अर्धशतकिय पारी खेले।

६२ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए। त्यस्तै लिटन दास ३१ रनमा अविजित रहँदा नज्मुल सान्तोले २० रन बनाए। घरेलु टोली वेस्ट इन्डिजका लागि गुडाकेशा मोटाईले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ३५ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि किमो पाउलले अविजित रहदै २५ रन बनाए। त्यस्तै साई होपले १८ रन बनाउँदा केली मेयर्सले १७ रनको योगदान गरेका थिए।

बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए। त्यस्तै नासुम अहमेदले ३ लिए । जितसँगै ३ खेलको एकदिवसीय सिरिजमा बंगलादेश २-० ले अघि रहेको छ। पहिलो एकदिवसीय बंगलादेशले ६ विकेटले जितेको थियो।

तेस्रो तथा अन्तिम एकदिवसीय शनिबार हुनेछ। अन्तिम एकदिवसीयअघि नै बंगलादेशले सिरिज जिति सकेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×