क्यानडा-११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’, नेपालको टोलीमा ४ परिवर्तन

काठमाडौं ।  नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा क्यानडा- ११ ले टस जितेको छ । क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् ।

मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् । नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।

यसअघि खेलेको पहिलो खेल क्यानडा-११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १९१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो । क्यानडाले पनि आफ्नो आगामी लिग२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ ।

क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग २ को यात्रा शुरु गर्दै छ । आजको खेलपछि क्यानडा युएई जाने छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×