अख्तियाद्वारा मल खरिदमा १ अर्ब ५३ लाख अनियमितताकाे अभियाेगमा कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गुणस्तरहीन रासायनिक मल  खरिद गरी  आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि सामग्री कम्पनी, नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र जोशी विज हाउसका प्रतिनिधिविरुद्ध १ अर्ब ५३ लाख रुपैयाँ अनियमितता गरेकाे अभियाेगमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले जनाएकाे छ ।

 गुणस्तरहीन मल खरिद गरी गुणस्तरीय भएकाे प्रतिवेदन तयार गरेर भुक्तानी गरेको आरोप अख्तियारले लगाएको छ ।

गुणस्तरीय मल खरिद गरेकाे प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई अख्तियारले  मुद्दा दायर गरेको उल्लेख छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×