हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतको निधन भएको छ । बुधबार दिउँसो तमिलनाडूमा भएको हेलिकप्टर दुर्घटनामा रावत र उनकी पत्नी मधुलिकासहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ ।

हेलिकप्टरमा १४ जना सवार थिए ।

बुधबार दिउँसो भारतीय वायु सेनाको एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडूको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल÷एनके विवेक कुमार, एल÷एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा निधन भएकाप्रति श्रदाञ्जली व्यक्त गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×