काठमाडौं- अभिनेता अनमोल केसी फिल्म ए मेरो हजुर ४ को उत्कृष्ट व्यवसायपछि दंग छन्। फिल्म चल्दै गर्दा उनी अचानक प्रचारमा नआउने खवर बन्यो। कारण थियो-फिल्म क्याप्टेन निर्देशन गरेका दिवाकर भट्टराईकै निर्देशनमा बन्ने नयाँ फिल्मका लागि विदेश उड्ने।
यही फिल्मका लागि उनले ए मेरो हजुर ४ प्रचारको क्रममा पनि क्याप्टेन फिल्मको पात्र र यसको विषय उठाइ नै रहे।अनमोलले यसरी कुरा गरिरहँदा दिवाकर पनि दंग थिए। यसैले उनले यो फिल्ममो प्रचारमा समेत मन खोलेर सहयोग गरे।
फिल्म छायांकनको लागि टिम नै विदेश उड्ने तयारीमा समेत थियो। तर, अब भने उक्त फिल्ममा अनमोल नहुने खबर छ।अनमोलले साइन गरेर छोडेको यो पहिलो फिल्म भने होइन। यसअघि समेत उनले पारस, धुपौरे, ब्याच्लर बन्टी, ग्याङ स्टार ब्लुज लगायत फिल्म साइन गरेर अन्तिममा छोडेका थिए।
त्यस्तै, यो फिल्म ‘हनी बनी’ की अभिनेत्री सारा सिरपालीको बेलायतको भिसा नआएपछि उनी समेत फिल्मबाट बाहिरिएकी छन्। र उनको स्थानमा जशिता गुरुङलाई लिने तयारी चलिरहेको छ।
यस सम्बन्धमा निर्देशक दीवाकर भट्टराईले पनि मुख खोलेका छन्। उनी लेख्छन्– ‘बाहिर सुन्दा अलि नरमाइलो सुनिए पनि यो निर्णय राम्रो कुराको लागि नै हो। यो विषयमा आपसी सहमतिमा नै हनी बनीबाट अलग हुने निर्णय गरेका हौं। यो चलचित्रको बेटरमेन्टका लागि हो, अन्य केही त्यस्तो कन्फ्यूजन नहुन आग्रह गर्दछु। म निर्देशक यो निर्णय बाट खुश छु। बाँकी जानकारी अब को केही दिनमा।’