टी-ट्वेन्टी विश्वकपः आज अष्ट्रेलिया र आयरल्याण्ड भिड्ने

काठमाडौँ - अष्ट्रेलियामा जारी टी-ट्वेन्टी विश्वकपमा आज घरेलु टोली अष्ट्रेलिया र आयरल्याण्ड भिड्दैछन्। टी-ट्वेन्टी वरीयतामा छैटौँ स्थानमा रहेको अष्ट्रेलियाले १२औँ वरीयतामा रहेको आयरल्याण्डको सामना गर्ने भएको हो।

खेल नेपाली समयअनुसार दिउँसो १:४५ बाट सुरु हुनेछ। अष्ट्रेलियाका लागि आजको खेल सहज भने छैन। आयरल्याण्डले यसअघि बलियो टोली र उपाधिको दावेदार मानिएको इङ्गल्याण्डलाई ५ रनले हराएको थियो। ३ खेलमा आयरल्याण्ड १ हार, १ जित र १ नतिजाविहीन हुँदै अंकतालिकामा तेस्रो स्थानमा रहेको छ।

यता अष्ट्रेलियाले पनि हालसम्म ३ खेल खेल्दा १ हार, १ जित र १ नतिजाविहीन छ। रनरेटका आधारमा अष्ट्रेलिया आयरल्याण्ड भन्दामुनि चौथो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×