कास्की - पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगीमा संलग्न ३ जना फरार प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका–१ घर भई कास्की पोखरा महानगरपालिका–१८ बस्ने ५५ वर्षीया धन कुमारी गुरूङ, पर्वत घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने ४७ वर्षीया सिता कुमारी गुरूङ र पोखरा महानगरपालिका–३ तेर्सापट्टी बस्ने ४७ वर्षीय जीवन सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई ठगी सम्बन्धी कसूरमा फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।