बिहे गर्दै ‘बाहुबली’ अभिनेत्री तमन्ना

काठमाडौँ - बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन्। तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ। तमन्ना बलिउडकी सुन्दर नायिकामा गनिन्छिन्।

उनले धेरै हिन्दी फिल्ममा उत्कृष्ट काम गरेकी छिन्।

तमन्नाले आफ्नो करियरमा धेरै हिट फिल्म दिएकी छिन्, जसमध्ये एउटा ब्लकबस्टर फिल्म बाहुबली हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×