'शकुनी जस्ता नेताले कानुन व्यवस्था तहस नहस पारेका छन्' ; उन्नत लोकतन्त्र पार्टीका बोध नाथ न्यौपाने

काठमाडौँ । नेपाल बार एशोसिएसनको आन्दोलनको विरुद्ध उत्रिएका स्वतन्त्र कानुन व्यवसायीले गरेको विरोध प्रदर्शनमा उन्नत लोकतन्त्र पार्टी पनि सामेल भएको छ । काठमाडौँको नयाँ बानेश्वरमा भएको उक्त विरोध प्रदर्शनमा बोल्दै  उन्नत लोकतन्त्र पार्टीका बोधनाथ न्यौपानेले  शकुनी जस्ता नेताले कानुन व्यवस्था तहस नहस पारेको आरोप लगाएका छन् । 
उनले भने, "अहिले शकुनी जस्ता नेताहरुले राज्यको कानुनलाई तहस नहस पारेका छन् । जुन अब एउटा जनताले चित्त नबुझे पनि स्वीकार गर्ने संस्था यसलाई पनि सकाइ दिए । यसको बारेमा पनि खुल्ला भएर हामीले सडकमा आएर बोल्नु पर्ने अवस्था सृजना गराइदिए ।" उनले थपे, "नायालयको न्यायाधीशको विरुद्ध बोल्दा मानहानीको अभियोग लाग्छ । मानहानीको अभियोग त्यतिखेर लाग्छ जतिखेर न्याय गर्ने न्यायाधीशहरु न्यायमूर्तिको रुपमा सहि तथ्यपरक निर्णय गरेर जनतालाई न्याय दिउनजेल सम्म उनीहरु न्यायमूर्ति हुन् ।"
उनले अहिले न्यायालयमा रहेका बिचौलियाहरुको कारण उनीहरु भ्रष्टाचारमा लिप्त भएको कारण न्यायमूर्ति नभइ बुख्याँचाः बनेको आरोप लगाए। ती बुख्याँचाहरुको सुरक्षा नेपाल बारले गरेको आरोप लगाए। नेपाल बारका शम्भु थापा, चण्डेश्वर श्रेष्ठ लगायतले ती बुख्याँचाहरुको संरक्षण गरेको आरोप उनले लगाएका छन् ।
उनले शम्भु थापा र चण्डेश्वर श्रेष्ठ लगायतका अधिवक्ताहरुसँग मिलेर दान भेटी मिलेपछि मात्र उनीहरुको पक्षमा फैसलाहुने बताएका छन् ।
यसै गरी उनले राजनीज्ञहरु पनि भ्रष्टाचारमा लिप्त भएर देशमा विकास नभएको र भ्रष्टाचार नियन्त्रणको उपाय आफ्नो पार्टीसँग रहेको समेत दाबी गरेका छन् । उनले अहिलेको सरकारले देशमा के भइ रहेको छ भन्ने थोरैमात्रामा पनि नसोचेको बरु फेरी सभापति कसरी हुने वा फेरी शक्तिमा कसरी आउने भन्ने मात्र सोच राखेको आरोप समेत लगाए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×