फ्राइडे रिलिज: बलिउड फिल्म ‘फोन भूत’ र ‘रामसेतु’सँग भिड्दै ‘लाखे’

काठमाडौँ - आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लाखे’ र बलिउडतर्फ फिल्म ‘फोन भूत’ र ‘रामसेतु’ रिलिज भएका हुन्।

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’मा सम्राट बस्नेतको निर्देशन रहेको छ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको छ।

फिल्ममा सौगातका साथै अर्पन थापा, अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशिल सिटौला, विजय बराल लगायतका कलाकारको अभिनय छ।

कमेडी हरर जनरामा बनेको फिल्म ‘फोन भूत’मा कट्रीना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय रहेको छ। गुरमीत सिंह निर्देशित यस फिल्मको कथा रवि शङ्कर र जस्भिन्दर सिंहले लेखेका हुन्।

त्यसैगरि, आजबाट अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म ‘रामसेतु’ पनि रिलिज भएको छ। भारतमा तिहारको अवसरमा रिलिज भइसकेको यस फिल्मको व्यापार ‌औसत रहेको छ।

समीक्षात्मक हिसाबले पनि कमजोर भनिएको फिल्मले नेपालमा कस्तो व्यापार गर्छ भन्ने चासोको विषय हो। ‘रामसेतु’ मा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको पनि मुख्य भूमिका रहेको छ। अभिषेक शर्माको निर्देशनमा बनेको फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×