मेस्सी, नेयमार र एम्बाप्पेको गोलसँगै पीएसजीको जित

काठमाडौँ - स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४-३ को जित निकालेको छ।

३ स्टार खेलाडी चम्किए पछि पिएसजीले ३ अंक प्राप्त गरेको हो। पिएसजीको गोलमा कार्लोस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरेका थिए। मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने १ पास उपलब्ध गराएका थिए। एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए।

ट्रोयसको लागि मामा बाल्डेले २ तथा एन्टी पलाभर्साले गोल गरेपनि हार टार्न सकेनन्। अपराजित पीएसजीले १३ खेलबाट ३५ अंक सहित शीर्ष स्थानमा यथावत रहेको छ। दोस्रो स्थानको लेन्सको ३० अंक रहेको छ। ट्रोयसक १३ अंक सहित ११ औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×