दीपेन्द्र के खनालको आउँदो चलचित्रमा भिटेनले नायकको भूमिका निभाउने

काठमाडौँ l निर्देशक दीपेन्द्र के खनाल र र्यापर भिटेनले चलचित्रमा सहकार्य गर्ने भएका छन् l दीपेन्द्रले आफ्नो आउँदो चलचित्रमा भिटेनलाई नायकको भूमिकामा प्रस्तुत गर्न लागेका हुन् l नवराज गिरी निर्माता रहने चलचित्र बुढा सुब्बा ओेरिजिनलले निर्माण गर्नेछ l हाल आधिकारिक रूपमा चलचित्रको नाम भने घोषणा गरिएको छैन l

खबरका अनुसार दीपेन्द्र र भिटेन दुवैले चलचित्रको लागि आधिकारिक सम्झौता गरिसकेका छन् l चलचित्रमा दीपेन्द्रकै कथा रहनेछ l त्यसैगरि भिटेनले बुढा सुब्बाको ब्यानरमा बन्न लागेको अर्को चलचित्र ‘रत्नपार्क’ साइन गरिसकेका छन्। चलचित्रमा दिपेन्द्रकै निर्देशन रहनेछ l 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×