काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए।