अल्मुताइरीले खेलाडीहरूसँगको विवादको विषयमा विज्ञप्ति निकाल्ने

काठमाडौँ- रोहित चन्द लगायतका खेलाडीहरूसँगको विवादको विषयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विज्ञप्ति जारी गर्ने भएका छन्। होस्टेल र होटलमा बस्ने विषयमा खेलाडीसँग प्रशिक्षक रिसाउँदा ९ खेलाडी विद्रोहमा उत्रेका हुन्।
यसै विषयलाई लिएर ९ जना खेलाडी प्रशिक्षणमा सहभागि भएनन्।

‘अहिले हामीले नबोल्ने भनेका छौं। प्रशिक्षकले विज्ञप्ति निकाल्ने भन्ने कुरा छ। त्यसपछि मात्र हामी आधिकारिक रुपमा धारण राख्नेछौँ’ प्रशिक्षणबाट बाहिरिएका एक खेलाडीले रातोपाटीलाई भने।

यता अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि सबै खेलाडीसँग छलफल गर्ने भएका छन्। ‘सबै खेलाडीसँग बसेर छलफल गर्ने योजना बनाएका छौं। तत्काल समस्या समाधन हुनेछ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×