जिम्बाबे र नेदरल्यान्ड्स टि-२० विश्वकपमा

काठमाडाैँ - टेस्ट राष्ट्र जिम्बाबे र एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपमा स्थान पक्का गरेका छन्। टि-२० विश्वकपको ग्लोबल छनोटको समूह बीको फाइनलमा स्थान बनाएसँगै दुवैले विश्वकपमा स्थान पक्का गरेका हुन्।

ग्लोबल छनोटको फाइनल पुग्ने क्रममा सेमिफाइनलमा जिम्बाबेले पपुवा न्युगिनीमाथि २७ रनले हराउँदा नेदरल्यान्ड्सले अमेरिकामाथि ७ विकेटको सहज जित निकाल्यो। जिम्बाबे समूह ए र नेदरल्यान्ड्स समूह बीको विजेताको रुपमा सेमिफाइलन पुगेका हुन्। दुवै सतप्रतिशत जितसहित फाइनल पुगेका हुन्।

जिम्बाबे र नेरदरल्यान्डबीचको फाइनलको विजेता समूह चरणको समूह बीमा हुनेछ भने उपविजेता समूह एमा रहने छ। समूह एमा नामिबिया, श्रीलंका र युएई रहेका छन् भने समूह बीचमा आयरल्यान्ड, स्कटल्यान्ड र वेस्टइन्डिज रहेका छन्।

दुवै समूहका शीर्ष २ टिमले टि-२० विश्वकपको सुपर १२मा स्थान बनाउने छन्। समूह एको विजेता र बीको उपविजेता सुपर १२को ग्रुप १ मा र सूमह ए उपविजेता र बीको विजेता ग्रुप २मा रहनेछन्।

सुपर १२को ग्रुप १ मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्ड रहेका छन्।  ग्रुप २ मा बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिका रहेका  छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×