काठमाडौं - लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुंगाबाट नियन्त्रणमा लिएको छ ।
प्रदेश २–०३–००१ ख ५९ ६५ नम्बरका ट्रक चालक रौतहटका ३० वर्षीय लेखनाथ न्यौपाने र बागमती प्रदेश ०३– ००१ ख २००३ नम्बरका कन्टेनर चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ चरौदीका ३३ वर्षीय रुपक कंडेललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, म्चगनक पष्त मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे÷नगरेको चेक गर्दै आएको छ । नागढुंगा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा २ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो । नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ ।
चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ् उपरीक्षक जीवन कुमार श्रेष्ठरले बताए । त्यस्तै, काठमाडौंको बसुन्धारामा आजै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ४८ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ५१ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ४८ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको प्रहरी वरिष्ठा उपरीक्षक श्रेष्ठनले जानकारी दिए ।