धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

काठमाडौँ । धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ। अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत अस्पताल उत्कृष्ट घोषण भएको थियो। धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिए।

उनीसहितको समूहले धवलागिरि अस्पतालमा स्वास्थ्यकर्मीसँगको अन्तक्र्रियाका क्रममा अस्पतालले आफ्ना कमी–कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अङ्क प्राप्त गरेको जानकारी गराएका थिए। विसं २०७७ का आवमा गरिएको एक सर्वेक्षणमा ६६ अङ्क प्राप्त गरेको सो अस्पतालले २०७८ असारमा गरिएको सर्वेक्षणमा ७३ अङ्क प्राप्त गरेको थियो। पुस मसान्तसम्म अस्पतालको अवस्थाको सर्वेक्षणका आधारमा ८४ अङ्क प्राप्त गर्दै  गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो।  

सुरुको सर्वेक्षणमा न्यूनतम स्वास्थ्य मापदण्डका कमी–कमजोरीलाई सुधार गर्दै गएका कारण निरन्तर सर्वेक्षणको अङ्क बढाउदै उत्कृष्ट भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×