काठमाडौँ। आउँदो वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लक्का जवान’ सेन्सर पास भएको छ। चलचित्रलाई शुक्रबार केन्द्रीय चलचित्र जाँच समितिले सबै दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको हो।
कोरोना महामारी अघि नै बनेको चलचित्र कोरोनाका कारण प्रदर्शनमा आउन सकेको थिएन। चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल आदि कलाकारहरुको अभिनय रहेको छ।
हास्य कलाकार शिवहरि पौडेलको कथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा अनुसुया श्रेष्ठ वन्त निर्माता तथा किरण केसी, शिवहरि पौडेल र दिलीप रायमाझी कार्यकारी निर्मातामा रहेका छन्। चलचित्र कमेडी विधामा आधारित रहेको छ।