दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना आयोजना गरिने

काठमाडौँ - छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना हुने भएको छ।

यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा दुईसय ५६ भन्दा बढी खेलाडीको सहभागिताको अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

आयोजक क्लबमै हुने उक्त प्रतियोगितामा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः रु २ लाख ५१ हजार, रु १ लाख ११ हजार र रु ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

१ सय ४७ अङ्क ब्रेक गर्नेलाई रु १० लाख, सेञ्चुरी ब्रेक गर्नेलाई रु १ लाख एक हजार र ८० अङ्कसम्म ब्रेक गर्नेलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडीलाई रु २५ हजार, उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही रु ११ हजार नगद पुरस्कार दिइनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×