काठमाडौँ - नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन्।
जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर रहेको छ।
‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत रहेको छ। ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन्। ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर रहेको छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर रहेको छ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्म असोज ७ गते नेपाल र भारतसहितका देशमा रिलिज हुँदैछ। भारतमा हिन्दीमा र नेपालमा नेपाली संस्करणमा फिल्म प्रदर्शन हुनेछ।