पल शाह जोडिए निर्माता करण सिंहको नयाँ चलचित्रमा

काठमाडौँ। नेपाली चलचित्रका लोकप्रिय अभिनेता पल शाह निर्माता करण सिंहले निर्माण गर्न लागेको एक चलचित्रमा अनुबन्धित भएका छन्। लकडाउनमा दुई चलचित्र 'हुतुतु' र 'सत्यम् साइन' गरेका पलले बिहीवार उक्त नयाँ चलचित्रको लागि सम्झौता गरेका हुन्। आरकेएस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको छायांकन माघको अन्तिम साताबाट शुरु हुनेछ। अभिमन्यु निरवीको पटकथा रहेको चलचित्रको बाँकी कलाकार र प्राविधिक टिमको घोषणा चाँडै गर्ने निर्माण पक्षले बताएको छ। चलचित्रको डिजिटल राइट्स डिआर मुभिजले किनेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×