प्रदीप खड्काको  ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भयो

काठमाडौँ। अभिनेता प्रदीप खड्काको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री गरिएको छ। डिएआर मुभिजले महँगो रकममा राइट्स खरिद गरेको हो। चलचित्रका निर्माता महेन्द्र अधिकारीले यो कुराको जानकारी दिएका हुन्। चलचित्रका वितरक रोहित कट्टेल र डिएआर मुभिजका सञ्चालक श्याम धितालको उपस्थितिमा खरिद-बिक्री सम्झौता भएको हो। रेणु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, नीरज पन्थी, दीपेन्द्र शाही आदि कलाकारहरुको अभिनय रहेको चलचित्र  दिनेश राउतको निर्देशनमा तयार भएको हो l  बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको कथा रहेको छ। चलचित्र भारतमा समेत प्रदर्शन गरिनेछ l चलचित्रको प्रदर्शन मिती भने घोषणा गरिएको छैन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×