'अक्वामेन २' बाट एम्बर हर्डलाई हटाउने माग गर्दै बीस लाख बढि हस्ताक्षर

काठमाडौँ- जोनी डेप र एम्बर हर्डको मानहानी मुद्दाले नयाँ मोड लिएको छ। ‘द पाइरेट्स अफ दी क्यारिबियन’ स्टार जोनी डेपले अदालतमा एम्बर हर्ड बिरुद्ध गवाही दिएपछि थुप्रै समर्थकहरु उनको समर्थनमा उभिएका छन्। कलाकार समेत रहेकी डेपकी पूर्व पत्नी एम्बर हर्डलाइ चलचित्र 'अक्वामेन २' बाट निष्कासन गर्नका लागि याचिका पनि दर्ता भएको छ। त्यस याचिकामा अहिलेसम्म बीस लाख भन्दा बढि मानिसहरुले हस्ताक्षर गरिसकेका छन्।

यस अघि, कलाकार एम्बर हर्डले जोनी डेप विरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन। जसका कारण जोनी डेपलाइ ‘डिस्ने’को पाइरेट्स अफ दि क्यारिबियनबाट निकालिएको थियो। त्यसपछि उनले आफ्नो ब्यवासायिक करियर धरापमा परेको भन्दै पूर्वपत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन्।

ऋजबलनभयचन मा दर्ता भएको याचिका अनुसार, एम्बर हर्ड घरेलु हिंसामा संलग्न भएका कारण चलचित्र 'अक्वामेन २' बाट उनलाई हटाउनुपर्ने उल्लेख गरिएको छ ।सन् २००९ मा, पनि एम्बर हर्ड, पूर्व पति तास्य भान रिलाई घरेलु हिंसा गरेको आरोपमा पक्राउ परेकी थिइन्।


जोनी डेपले अदालतमा, घरेलु हिंसाको पिडित एम्बर हर्ड नभई ,आफू भएको बयान दिँदै आएका छन् । डेपले आफूले एम्बरलाई होइन कि एम्बरले आफूलाई पिटेके पनि बताउँदै आएका छन् ।

जोनी डेप र एम्बर हर्डको सन् २०१५ मा विवाह भएको थियो भने त्यसको २ वर्ष पछि, सन् २०१७मा उनीहरुको डिभोर्स भएको थियो । डिभोर्स हुनुअघि एम्बरले जोनीविरुद्ध अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×