नाडालले अष्ट्रेलियन ओपनका उपाधिका लागि मेदभेदेभविरुद्ध प्रतिस्पर्धा गर्ने

काठमाडौँ। पूर्व विश्व नम्बर एक राफेल नाडालले अष्ट्रेलियन ओपनका उपाधिका लागि दोस्रो वरीयाताप्राप्त ड्यानिल मेदभेदेभविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन्। 

यूएस ओपन विजेता मेदभेदेभले शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा चौथो वरीयाताप्राप्त ग्रिसका स्टेफानोस सिटसिपसलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्। २५ वर्षे मेदभेदेभले अष्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो।

नाडालले पनि शुक्रबारै इटालीका माट्टेयो बेरेट्टिनीलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्। नाडाल कीर्तिमानी २१औँ ग्रान्डस्लामको उपाधि जित्ने लक्ष्यमा छन्। नाडाल, रोजर फेडेरर र नोभाक जोकोभिचकले समान २० ग्राण्ड स्लामको उपाधि जितेका छन्। अब एक ग्रान्ड स्लाम जितेमा नडाल सबभन्दा धेरै ग्रान्डस्लाम जित्ने खेलाडी बन्नेछन्। 

चोटका कारण फेडेररले असट्रेलियन ओपन खेलेनन् भने जोकोभिच अस्ट्रेलियाबाट डिपोर्ट भएका थिए । कोभिड–१९ सम्बन्धी स्वस्थ्य मापदण्ड पूरा नगरेको भन्दै अस्ट्रेलियाले जोकोभिचलाई डिपोर्ट गरिदिएको हो। 

महिला तर्फ भने शीर्ष वरीयाताप्राप्त एश्ले बार्टी र २७औँ वरीयाताप्राप्त ड्यानियल कोलिन्सले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×