कर्णाली प्रदेशमाथि पुलिसको जित

काठमाडौँ - नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गरेको छ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १९.३ ओभरमा अलआउट हुँदै ८५ रन मात्र बनाएको थियो। जवाफमा नेपाल पुलिसले १०.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले २७ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा ओपनर विपिन्न रावलले १७ रन जोडेका थिए। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

८६ रनको सामान्य स्कोर लिएर मैदान उत्रिएको पुलिसका लागि कुशल भुर्तेल र सुनिल धमलाले सानदार इनिङ खेलेका थिए। उनीहरुले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। भुर्तेल ३९ रनमा नटआउट रहँदा धमला ४४ रनमा आउट भएका थिए।

 पहिलो जित हात पारेको पुलिसले २ खेलमा ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कर्णाली प्रदेशको भने ३ खेलबाट २ अंक छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×