काठमाडौं - बर्ष अघि रिलिज भएको गीत “चिसो चिसो छ यो मौसम “ को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले “ चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा “ यो मौसम बैमानी “गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् ।
गायक थलङकै शब्द, संगीत, स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।
उनलाई म्युजिक भिडियोमा नायिका रेखा लिम्बुले साथ दिएका छन् । सार्वजनिक भएको छोटो समयमा यो गीत टिकटकमा समेत भाईरल बन्दैछ भने युटयुब भ्युज समेत राम्रै पाइरहेको छ । सन्जिब सुब्बाको संगीत संयोजन , अर्जुन तिवारीको छायांकन, बिवेक सुनारको सम्पादन रहेको म्युजिक भिडियो सान थापाको निर्देशनमा निर्माण भएको हो ।
यस अघि “चिसो चिसो छ यो मौसम “कन्चन थलंग र मेलिना राईको स्वरमा मेल र फिमेल भर्शन ल्याईएको थियो र दुवै भर्सन दर्शक– श्रोताहरुद्वारा रुचाईएको थियो । “ चिसो चिसो छ यो मौसम –२ “अर्थात् “यो मौसम बैमानी“ को फिमेल भर्सन समेत चर्चित गायिका मेलिना राईको स्वरमा केहि समयपछि आउने गायक तथा संगीतकार कन्चन थलंगले बताए । म्युजिक भिडियो उनकै अफिसियल च्यानलमा रहेको छ ।