काठमाडौँ - सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २-१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले १-१ गोल गरेका थिए। यता इक्वेडरका लागि मोसेइस काइकेडोले १ गोल गरेका थिए।
कारले खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिदाएका थिए। खेलको ६७औं मिनेटमा काइकेडोल गोल गर्दै इक्वेडरलाई १-१ को बराबरीमा ल्याएका थिए। खेलको ७० औं मिनेटमा कालिउडले गोल गर्दै सेनेगललाई अन्तिम १६ मा पुर्याए।
जितसँगै सेनेगलले ३ खेलबाट ६ अंक जोडेर समूह उप-विजेता बनेको छ।