ललितपुर एमालेमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा आचार्य

ललितपुर । नेकपा एमाले ललितपुर अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् ।

सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएका छन्।

बन्दसत्रमा १ सय २० जनाको नाम पढेर सुनाइएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×