काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सञ्चारमाध्यममा कार्यरत पत्रकारका लागि जोर विजोर लागू नहुने जानकारी दिएको छ ।
शुक्रवार विज्ञप्ति जारी गरेर प्रशासन कार्यालयले सञ्चारमाध्यममा कार्यरत पत्रकारले सूचना विभागबाट जारी गरिएको परिचयपत्र (प्रेस पास) को आधारमा सवारी सञ्चालन गर्न पाउने जनाएको हो ।
हिजो शनिवार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति आज रातिदेखि लागू हुने गरी सवारी सञ्चालनमा जोर विजोर लागू गरेको छ ।
