छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

सल्यान - सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई  महिलाको मृत्यु भएको छ। 

आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ \।

यस्तै सिद्धकुमाख गाउँपालिका–४ जाताखानीकी ४० वर्षीया तिलसरी पुनको भिरबाट लडेर मृत्यु भएको छ। आफन्तको विवाहमा गएकी पुन घर फर्किने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। पुनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो।

दुवै शवको जिल्ला अस्पतालमा सल्यानमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×