‘कठपुतली’ले दर्शकहरुबाट राम्रो साथ् पाउँदै

काठमाडौँ। हिजोबाट नेपाली चलचित्र ‘कठपुतली’ सिनेमाघरहरुमा प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन ७५-८० प्रतिशत अकुपेन्सी सहित चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाईरहेको छ। जसपछी राजधानीका मल्टीप्लेक्सहरुले शनिवारका लागि चलचित्रको शोजमा वृद्धि गरेका छन् ।१४ शो दिएको क्यूएफएक्सले शनिवारका लागि २२ शो उपलब्ध गराएको छ। अन्य मल्टीप्लेक्सहरुले पनि शनिवारलाई शो बढाएका छन्। 

भिमसेन लामाको निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला आदि कलाकारहरुको अभिनय रहेको छ। अष्ट्रेलियाका छायाँकार जोएल फ्रूम खिचेको चलचित्रको सह-निर्माता विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्। सम्पदा मल्लले लेखेको चलचित्र हरर विधामा आधारित छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×