काठमाडौँ - गायक तथा संगीतकार कन्हैया सिंह र अञ्जना गुरुङको स्वरमा रहेको नजर नजरको बोलेको गीत सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडियो सार्वजनिक गरिएको हो।
गीतको संगीत र रचना वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले गरेका छन्। त्यस्तै भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा नायक पुष्प खड्काको साथ पहिलोपटक कन्हैया सिंहकी छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छिन्।
नायक पुष्प खड्काले गीत धेरै राम्रो रहेको बताएका छन्। गीतमा वरिष्ठ संगीतकार मनोहर सुनामको संगीत संयोजन, प्रकाश मिश्रको रेकर्डिङ रहेको छ।