काठमाडौँ। बलिउड अभिनेत्री आलिया भट्टको चलचित्र 'गंगूबाई काठियावाडी'ले प्रदर्शनमा आएको पहिलो हप्ता संसारभरिबाट १०० करोड कमाएको छ । यो कुराको जानकारी निर्माण पक्षले एक पोस्टर सामाजिक सञ्जालमा शेयर गर्दै दिएको हो। निर्माण पक्षले लेखेको छ' यति धेरै मायाका लागि धन्यवाद।' यो चलचित्रले १० करोडबाट आफ्नो खाता खोलेको थियो। चलचित्रमा आलियाका अलावा विजय राज, अजय देवगन, सीमा पहवा र इंदिरा तिवारी रहेका छन्।