काठमाडौँ - जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ।
यससँगै ३ खेलको शृंखलामा १-० ले अघि रह्यो। १९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो। भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउदै १८९ रन बनाएको थियो। कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाएका थिए। भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान ३ विकेट लिएका थिए।