काठमाडौँ। गिरी विश्वकर्मा र रजिना अर्यालको अभिनय रहेको नयाँ म्युजिक भिडियो 'मेरो यो आँसु' सार्वजनिक भएको छ। मोहन चाम्लिङद्वारा निर्देशित भिडियो भक्तपुर आसपास छायांकन गरिएको हो।
सुधाकर संगीत र ईश्वरी सिँहको शब्द रहेको गीतमा मनोज चौलागाईंको संयोजन, सुधाकर संगीतको संगीत रहेको छ भने गायक कौशलराज खड्काको आवाज रहेको छ। सो म्यूजिक भिडियो कुमार गजुरेल यूट्यूब च्यानलमा उपलब्ध छ।
भिडियो: