काठमाडौँ - जर्मन क्लब आरबी लाइप्जिगका फ्रेन्च मिडफिल्डर क्रिस्टोफर एनकुन्कुले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। बुन्डेसलिगा क्लबले बिहीबार मिडफिल्डर क्रिस्टोफरले थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको हो।
सम्झौता नवीकरणसँगै उनी २०२६ सम्म लाइप्जिगमा रहने छन्। उनी सन् २०१९ मा पिएसजीबाट जर्मन क्लबमा भित्रिएका थिए।
गत सिजन उनले ३४ बुन्डेस लिगा खेलमा २० गोल गर्नुका साथै १४ गोलका लागि असिस्ट गरेका थिए।