काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा जाने भएका छन्। सोमबार हुने झापा गोल्डकपको फाइनल हेर्न उनी झापा जाने भएका हुन्। यसबारे उनले सामाजिक संजाल फेशबुकमा भनेका छन्, ‘झापा गोल्डकपको फाइनलमा सहभागी हुन भोलि झापा जाँदैछु। झापमा भेटौला।’
झापा गोल्डकपको फाइनल भोलि सोमबार हुँदै छ। उक्त खेल बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने छ। पछिल्लो समय नेपाली फुटबल र फुटबल प्रेमी माझ अल्मुताइरी लोकप्रिय छन्। उनको मुख्य कोचिङमा नेपालले लामो समयपछि केही महिनाअघि सार्कमा सेमिफाइनल खेलेको थियो। उनले ए डिभिजन लिगमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिममा छनौट गर्दै आएका छन्।