'ब्रह्मास्त्र'ले पहिलो दिनमा कमायो करिब ३७ करोड भारु

काठमाडौँ - बलिउड फिल्म 'ब्रह्मास्त्र'ले पहिलो दिनमा करिब ३७ करोड भारुको कमाइ गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो दिन फिल्मले साढे ३६ देखि साढे ३८ करोडको बीचमा कमाइ गरेको छ।

रणवीर र आलिया भट्टको मुख्य भूमिका भएको यो चलचित्रले कमाइका आधारमा सञ्जु, टाइगर जिन्दा है र धुम थ्री जस्ता चलचित्रको ओपनिङ डे कलेक्सनलाई पछि पारेको छ।

यस्तै नन् होलिडे ओपनिङका आधारमा यो चलचित्र हालसम्मकै सर्वाधिक कमाउने हिन्दी फिल्म हो। तर पहिलो दिनकै कमाइका आधारमा केही भन्न सकिने अवस्था छैन। फिल्मलाई मिश्रित प्रतिक्रिया आएको छ।

यस्तै बहिष्कार गर्ने प्रक्रिया पनि चलिरहेको छ। कथा नै अस्पष्ट भएको भन्दै चलचित्रको आलोचना पनि भइरहेको छ। यसैगरी कमाइ भएमा ब्रह्मास्त्रले ३ दिनमा १ सय करोड कमाउने आकलन गरिएको छ। तर धेरैजसो खराब समीक्षा अनि बहिष्कार ट्रेण्डबीच ब्रह्मास्त्रले १ सय करोड कमाउन भने गाह्रै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×