भारत र पाकिस्तान एसिया कप क्रिकेटको एकै समूहमा

काठमाडौँ - भारत र पाकिस्तान यूएईमा आयोजना हुने एसीसी एसिया कप क्रिकेट २०२२ को एकै समूहमा परेका छन्। आगामी अगस्त २७ तारिखदेखि शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तान एकै समूहमा परेको एसियाली क्रिकेट परिषद् (एसीसी) ले जनाएको छ.

एसीसीले सहभागी ६ टोलीलाई २ समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो। समूह एमा साविक विजेता भारतसँगै पाकिस्तान र छनोटबाट आउने १ टोली रहेका छन्।

यो समूहका लागि कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये १ टोली यस समूहमा रहने छन्। अर्थात् यो समूहबाट भारत र पाकिस्तान नै सुपर फोरमा पुग्ने सम्भावना बलियो बनेको छ। 

यसै समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्। टी-२० शैलीमा खेलिने प्रतियोगिताको सुपर फोरमा भने सबै टिमले एक आपसमा खेल्नेछन्। शीर्ष २ टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×