खेलाडी-प्रशिक्षक विवाद : एन्फा बैठक बोलाएर निर्णय गर्न ३ उपाध्यक्षको माग

काठमाडौँ- सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेको विषयमा बैठक बोलाउनको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित चार जनाले माग गरेका छन्। बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का र कृष्णबहादुर थापा तथा केन्द्रीय सदस्य दावा लामा रहेका छन्। 

'एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरू र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अन्त्यत संवेदनशील विषय भएकाले तत्काल बैठक बसी निर्णय गर्नु पर्ने भएको हुँदा एन्फा केन्द्रीय समितिको बैठक यथाशिघ्र बस्नका लागि अनुरोध गर्दछौं,'  एन्फा सचिवालयनमा शुक्रबार दर्ता गरिएको पत्रमा भनिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×