गोलाप्रथा ल्याइएपछि ९ बजे नै कार्यालय पुग्न बाध्य न्यायाधीश,भन्छन् ‘के आइलाग्यो’ !

काठमाडौँ। बिस्तारै शहरमा जाडो तथानाम बढिरहेको छ। सबैलाई बिहानको चियाको बिस्त्तारै बिस्तरामा आनन्द लिउ भन्ने समय आएको छ।    भोलिदेखि जाडोको मीन पचास शुरु हुँदैछ। काठमाडौंमा ठण्डी बढेको छ। ६० वर्षको हाराहारीमा रहेका अधिकांश श्रीमानहरु तुवालो नफाट्दै चिसोमा दाह्री काट्दै र कपाल मिलाउँदै अदालततिर निस्कनुपर्ने बाध्यतामा पुगेका छन्। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा झैं उनीहरु बिहानको ९ बजे नै कार्यालय पुग्नुपर्ने बाध्यतामा देखिएका हुन्। चिसोमा बिहानीपखको न्यानो सिरक फालेर दौरा सुरुवाल र साडीमा अदालततिर हुँईंकन पर्दा खानासमेत आनन्दसँग चपाएर खान नभ्याउने स्थिति आइलागेको छ।

गत साताबाट गोलाप्रथा ल्याइएपछि अहिले श्रीमानहरु उक्त बाध्मायता परेका हुन्। गोलाप्रथापछि न्यायालयको सबै विवाद समाधान हुन्छ भन्ने मान्यतामा सहमति जुटेको परिणाम साता नबित्दै सर्वोच्चमा देखिन थालेको त्यहिँका कर्मचारीले बताएका छन्। न्यायाधीश हरिकृष्ण कार्की टोलीको प्रतिवेदनमा गरिएको सिफारिसअनुसार त्यसो गरिएको हो ।

पहिले पहिले प्राय सर्वोच्च अदालतमा न्यायाधीशहरु ढल्किँदै ढल्किँदै घाम तातेपछि मात्रै अदालत पुग्ने गर्दथे। १० बजे आदलत पुग्नु त कहाँ कहाँ करिब करिब साढे १० बजेतिर मात्र शरीर तन्कौडी घरबाट निस्कन्थे। तर अहिले  न्यायाधीशहरुलाई १० नबज्दै गोलाप्रथामा सामेल हुनुपर्ने बाध्यता आइलागेको छ। पहिले गोटी तान्नुपर्ने इजलास तोकेपछि मात्रै पेसीको काम अघि बढ्ने भएकाले उनीहरु छिट्टै अदालत जानुपर्ने बाध्यता आइलागेको हो। त्यसका लागि त्यहाँका कर्मचारीहरुलाई समेत के को पहिरो भनेझैँ भएको छ। ‘कुदेर गयो, फाइल पल्टायो,डिभिजन न्यायाधीशहरुको भागमा फाइल मिलायो,हैरानी छ,’ एक जना अधिकृतले भने।

यता बिहान चिसोमा न्यायाधीशहरु जाडोमा कार्यालय कुद्न परेपछि ‘के आइलाग्यो’ भन्न थालेका छन्। हिजो प्रधानन्यायाधीश राणाको उग्र बिरोध गर्दा राखिएको माग कार्यान्वयन गर्दा मूलतः राणालाई हाइसञ्चो र अरु बूढाखाडालाई गाह्रो भएको एक' न्यायालय स्रोतले बतायो।

यसका साथै सर्वोच्च अदालतमा मात्र नभएर आजै बाट काठमाडौं जिल्ला अदालतमा पनि गोलाप्रथा कार्यान्वयन गरिँदैछ। त्यहाँ बन्दीसम्बन्धी मुद्दा र अरबौं रुपैयाँ घोटालामा संलग्न इच्छाराज तामाङको मुद्दा पेश भएकाले कसको इजलासमा पार्ने भनेर गोला प्रथा गरिएको छ। त्यहाँ पनि सर्वोच्चको झ्याउ सरेको एक जना न्यायाधीशले उल्लेख गरे।

तथापी गोलाप्रणाली सुरु भएपछि न्यायधिशलाई परेको चटारोले न्यायको पर्खाइमा बसेका जनतालाई भने हाईसन्चो होस भन्ने सबैको कामना छ। अरु कसैको सहजताको निमित्त जनतले पाउने न्यायमा बाधा कहिले पर्नु हुदैन।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×