काठमाडौँ - अभिनेत्री प्रियंका कार्की वेब सिरिज ‘साहु बा’ मा देखिने भएकी छिन्। यस सिरिजलाई प्रियंकाले नै निर्माण गर्दैछिन्। मंगलबारबाट सिरिज छायांकन सुरु गरेको प्रियंकाले जानकारी दिएकी छिन्।
फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने सिरिजलाई सुजोय योङले निर्देशन गर्नेछन्। एक्सन थ्रिलर सिरिजमा प्रियंकासँगै सरिता गिरी, नम्रता श्रेष्ठ, अमितेष शाह, कविता नेपाली, शेखर चापागाईं, प्रदीप बाँस्तोला लगायतको मूख्य भूमिका रहनेछ। सिरिजमा लगभग दुई सय जनाको अभिनय रहने प्रियंकाले बताएकी छिन्।
यस सिरिजमा प्रियंका पुलिस इन्सपेक्टरको भूमिकामा र सरिता मुख्यमन्त्रीको भूमिकामा देखिने छिन्। सिरिजको पहिलो सिजनमा १३ एसिपोड रहने छ।
अभिनेत्री प्रियंका आमा बनेपछि कुनै फिल्ममा देखिएकी छैनन्। हाल उनी आफ्नो तौल घटाएर काममा फर्किएकी हुन्।