‘मिस इको इन्टरनेशनल २०२२’का लागि सोफिया भुजेलले सहभागीता जनाउने

काठमाडौँ। ‘मिस इको इन्टरनेशनल २०२२’मा नेपालबाट सोफिया भुजेल सहभागी हुने भएकी छिन्। इजिप्टमा आयोजना हुने कार्यक्रममा उनले सहभागीता जनाउने अवसर पाएकी हुन्। सोफियाले ग्रीन आर्ट मिडियाले आयोजना गरेको  सौन्दर्य प्रतियोगिता जितेकी थिइन्। 

‘मिस इको इन्टरनेशनल नेपाल २०२०’की विजेता अनुष्मा रायमाझीले सोफियालाई ताज लगाईदिएकी हुन्। अनुष्मा मिस इको इन्टरनेशनल २०२०’मा ‘मिस इको एसिया' भएकी थिइन्। ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र अन्य व्यक्तिले सोफियालाई ग्रुमिङ गर्नेछन्। जहाँ उनले नेपालको प्रतिनिधित्व गर्नेछिन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×