शेरबहादुर देउवाले दिनुभएका आँटिला स्टेटमेन्टहरुको म प्रशंसक हूँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनका प्रमुख अतिथि तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक अर्काका प्रशंसामा समय खर्च गरेका छन् ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपालमा प्रचण्डकै कारण संविधानसभा सभाको निर्वाचन सम्भव भएको भन्दै प्रशंसा गरेका हुन् ।

देउवा लगत्तै सम्बोधन गर्नुभएका प्रचण्डले प्रधानमन्त्री देउवाको प्रष्ट वक्ताको व्यक्तित्वको प्रशंसा गरे । 'मलाई पनि शेरबहादुर देउवा साह्रै इनोसेन्ट र सफा मनको नेता लाग्छ । उहाँले दिनुभएका आँटिला स्टेटमेन्टहरुको म प्रशंसक हूँ,' प्रचण्डले भने ।

प्रचण्डका नजरमा देउवाका ठूला स्टेटमेन्टहरु

–आइतवारको सम्बोधनमा देउवाले शुरुमै भने–प्रचण्डकै कारण नयाँ संविधान निर्माण भयो ।

–शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा देउवाले प्रचण्ड 'बहादुर नेता' हो भनेका थिए। विद्रोही नेतालाई प्रधाननमन्त्रीले बहादुर नेताको उपमा दिनु नेपाली राजनीतिको सबैभन्दा ठूलो स्टेटमेन्ट ।

२०७४ सालको निर्वाचन अघि आलोपालो सरकार चलाउने क्रममा सहमति बमोजिम प्रचण्डले देउवालाई प्रधानमन्त्री छोडिदिएपछि देउवाले भनेका थिए –प्रचण्ड साँच्चिकै निष्ठाको राजनीति गर्ने राजनेता रहेछ ।

र, आइतवार देउवाले भने–अहिलेको सत्ता गठबन्धन निर्वाचन अघि मात्र होइन पछिसम्म जारी रहन्छ ।

सुन्दा सामान्य लाग्ने प्रधानमन्त्री देउवाका यी भनाइहरुको राजनीतिक रुपमा निकै ठूलो अर्थ रहने प्रचण्डको भनाइ थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×