हलिउड। मार्वल स्टुडियोको सिरिज ‘मुन नाइट’का फ्रेन्च अभिनेता गैस्पर्ड उलीलको निधन भएको छ।
सिरिज प्रदर्शनमा आउनु अघि नै फ्रेन्च अभिनेता उलीलको ‘स्की’ दुर्घटनामा निधन भएको हो। फ्रान्सको दक्षिण पूर्वी क्षेत्रमा स्की गरिरहेका उनको दुर्घटनाका कारण निधन भएको उनको परिवारले जनाएका छन्।
‘मुन नाइट’ मार्च ३० मा प्रदर्शन हुने घोषणा भएको छ। सुपरहिरो चलचित्र ‘मुन नाइट’मा उनी एन्टन मोर्जाटको भूमिकामा देखिने छन्। उलीलले ‘हेनीबल राइजिङ’, ‘सेन्ट लौरेन्ट’जस्ता सफल चलचित्रसँगै चार दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।
सञ्चारमाध्यमका अनुसार मंगलबार उलील घाइते भएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा निधन भएको हो।स्कीइंग गर्दा उनी अर्का व्यक्तिसँग ठोक्किएपछि गम्भीर गम्भीर घाइते भएका थिए।