काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ एकदिवसीय र टी-२० वरियतामा पनि नेपाल यथावत रहेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एकदिवसीयमा १९ औं तथा टी-२० मा १३ औं स्थानमा यथावत रहेको हो।
नेपालले एकदिवसीयमा २९८ प्वाइन्ट प्राप्त गरेको छ। न्यूजिल्याण्ड १,७७६ प्वाइन्टका साथ एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको छ। इंग्ल्याण्ड, भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, वेस्ट इण्डिज र अफगानिस्तान एकदिवसीय वरीयताको क्रमशः दोस्रो देखि १० औं स्थानमा रहेका छन्।
टी-२० मा नेपालले ४,६२४ प्वाइन्ट प्राप्त गरेको छ। भारत १०, ५१४ प्वाइन्टका साथ टी-२० वरीयताको शीर्ष स्थानमा रहेको छ।
इंग्ल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, वेस्ट इण्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान टी-२० वरियतामा क्रमशः दोस्रो देखि १० औं स्थान रहेका छन्।